काठमाडौं । मेडिकेयर अस्पतालका महाप्रबन्धक तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’लाई पत्नीशोक परेको छ।
उहाँकी श्रीमती मीना सिग्देलको ६९ वर्षको उमेरमा बुधबार (कार्तिक १९ गते) बिहान ११:१५ बजे उपचारका क्रममा मेडिकेयर अस्पताल, चाबहिलमा निधन भएको हो।
केही महिनादेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनुभएकी मीना सिग्देलको निधनले साहित्यिक र समाजसेवी क्षेत्रलाई दुःखी बनाएकाे छ।
समाजसेवी सिग्देल ‘शेरबहादुर कान्छी पत्रकारिता पुरस्कार’का संस्थापकसमेत हुनुहुन्छ। साहित्यकार सिग्देलका दर्जनौं कृतिहरू प्रकाशित छन् भने दिवंगत मीना सिग्देलले उहाँको साहित्यिक यात्रामा निरन्तर सहयोग पुर्याउँदै आउनुभएको थियो।
दिवंगत मीना सिग्देलका श्रीमान् हरिभक्त सिग्देल र तीन जना छोरीहरू रहनुभएकाे छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ पुष २०८२, मंगलवार 




