लेखक सुमित शर्मा समिरको उपन्यास ‘प्रवास’ बजारमा आएको छ । उक्त उपन्यासलाई सुरज प्रिन्टिङ्ग प्रेसले  बजारमा ल्याएको हो ।

पछिल्लो डेढ दशकदेखि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थामा काम गरेको अनुुभव बटुलेका शर्माले कुनै समय टेलिभिजन पत्रकारका रुपमा काम गरेका थिए । शर्माका लेख रचनाहरु राष्ट्रिय पत्रपत्रिकामा पनि छापिने गरेका छन् । शर्माको प्रवास पहिलो नेपाली उपन्यास हो ।

यो उपन्यासको केन्द्रविन्दुमा ५० देखि ६० वर्ष उमेरका मध्यम वर्गीय परिवारका अली मुख्य पात्रका रुपमा रहेको शर्माले साहित्यपोस्टलाई बताए ।

यस उपन्यासमा अली आधुनिक समाजले थोपरेको जिम्मेवारी निवार्ह गर्न बाध्य छन् । जीवनको कुनै विन्दुमा पुुगेर उनी आफ्नो चाहनाको कारागारबाट मुक्ति खोज्छन्, उनले मुुक्ति पाउँछन् या आफ्नै आत्मछविको मृत्युुको विलाप गुनगुनाउन बाध्य हुन्छन् भन्ने कुरालाई यस कृतिमा उल्लेख गरिएको छ , यस कृतिका लेखक बताउँछन् ।

यो भन्दा अघि सन् २०१० मा शर्माको अङ्ग्रेजी नन्फिक्सन कृति Unfinished Journey: Story of a Nation प्रकाशित भएको थियो ।