रमेश विकल साहित्य प्रतिष्ठानले चन्द्रशेखर-रमेश विकल शोध वृत्ति तथा सम्मानको व्यवस्था गरेको छ । रमेश विकलका विभिन्न लेखन विधामा केन्द्रित रही नेपालभित्रबाट विद्यावारिधि सम्पन्न गर्नेलाई प्रतिष्ठानमा शोधको एकप्रति बुझाउने मध्ये एक जनालाई हरेक वर्ष रु. ७५ हजार रूपैयाँको वृत्ति प्रदान गरिने भएको हो ।
यसैगरी एमफिल गर्नेलाई हरेक वर्ष रु. २५ हजारसहित सम्मान अर्पण गरिने बताइएको छ । उक्त वृत्ति तथा सम्मान विजय चालिसे र महेन्द्र चालिसेले रमेश विकल साहित्य प्रतिष्ठानको पुरस्कार कोषमा प्रदान गरेको रू. १० लाखबाट प्राप्त हुने ब्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने भएको हो ।
प्रतिष्ठानले यसअघि नै विविध छ वटा विषयमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 










