स्याङ्जा । पछिल्ला वर्षहरूमा नेपाली भाषा र साहित्यको क्षेत्रमा स्याङ्जा जिल्ला उल्लेख्य रूपमा अगाडि बढिरहेको छ। यही क्रममा जिल्लामा सक्रिय नारी स्रष्टाहरूले आफ्ना गतिविधिलाई संस्थागत स्वरूपमा विस्तार गर्न “साहित्यिक अभियानमा स्याङ्जाली नारी” नामक नयाँ संस्थाको स्थापना गर्नुभएकाे छ ।
कथाकार लक्ष्मी रेग्मी खनालको अध्यक्षतामा बसेको भेलाले “सिर्जना, पहिचान र नेतृत्व विकास : आत्मानिर्भर कर्म, सह-अस्तित्वको सुवास” भन्ने नारासहित संस्थाको घोषणा गरेको हो। भेलाले संस्थाको नेतृत्व समिति समेत गठन गरेको छ।
गठन भएको कार्यसमितिमा अध्यक्षमा लक्ष्मी रेग्मी खनाल, उपाध्यक्षमा मुक्तककार सम्झना थापा मगर, सचिवमा कवि लक्ष्मी काफ्ले, सह–सचिवमा मुक्तककार सरस्वती अर्याल, कोषाध्यक्षमा कवि मञ्जु पराजुली, सह–कोषाध्यक्षमा कवि वसन्ती अधिकारी तथा सदस्यमा गजलकार सिर्जना खनाल चयन हुनुभएकाे छ।
नवगठित संस्थाले स्याङ्जाली नारी स्रष्टाहरूको सिर्जनशीलतालाई संगठित रूपमा अघि बढाउने, साहित्यिक चेतनालाई व्यापक बनाउने तथा नारी नेतृत्व विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय साहित्यिक वृत्तमा संस्थाको स्थापना स्वागत गरिएको छ। साहित्यिक व्यक्तित्वहरूले यस कदमले स्याङ्जा जिल्लाको नारी साहित्यिक आन्दोलनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




