काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैटौँ महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्दै बेल्जियम निवासी अर्जुन काफ्लेलाई सर्वसम्मतरूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षहरूकाे रूपमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क) र कुल राज थापा (नेपाल) चयन हुनुभएकाे छ ।
त्यसैगरी, महासचिवमा प्रकाश तिवारी (आइसल्याण्ड), प्रवक्तामा आनन्दु लामा (अमेरिका), सचिवमा कृष्ण श्रेष्ठ (अमेरिका), कोषाध्यक्षमा रूपा न्यौपाने (नेपाल) तथा सह–कोषाध्यक्षमा कन्हैया सिंह परियार (अमेरिका) निर्वाचित हुनुभएकाे छ ।
क्षेत्रीय संयोजनका क्रममा युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा सुनिल गुरुङ (जर्मनी), युरोप क्षेत्रीय संयोजकमा श्याम श्रेष्ठ (बेल्जियम) र उत्तर अमेरिका क्षेत्रीय संयोजकमा राहुल केसी (अमेरिका) चयन गरिएको छ ।
महाधिवेशनमा संस्थापक अध्यक्ष पुष्प बरुवाल प्रमुख अतिथि तथा तत्कालीन अध्यक्ष रामचन्द्र थापाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । इनास ग्लोबलकी संरक्षक द्वय मिरा राणा र निता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बोम्जनसमेत रहेको तीन सदस्यीय निर्वाचन समितिका तर्फबाट निर्वाचन आयुक्त प्रदीप बोम्जनले नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे थियाे ।
कार्यक्रममा विभिन्न पदाधिकारीहरूले शुभकामना मन्तव्यसहित कार्य प्रतिवेदनहरू प्रस्तुत गर्नुभएकाे थियाे । कार्यसम्पादनका आधारमा युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति, र इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । त्यस्तै, संस्थाको उद्देश्यअनुरूप नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संयुक्त राज्य अमेरिकास्थित राष्ट्रिय समितिलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
नव–निर्वाचित अध्यक्ष अर्जुन काफ्लेले पदग्रहणपछि संसारभर छरिएका नेपालीहरूलाई भाषा, कला, संस्कृति र खेलकुदमार्फत एकजुट गराउँदै सांस्कृतिक एकताको माध्यमबाट नेपाल र नेपाली पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




