पोखरा । साहित्यकार वासुदेव गौडेल विजयको कृति ‘Roots in Nepal Wins in Canada’ को पोखरामा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार सरुभक्त र साहित्यकार चन्द्रप्रकाश बानियाँले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएकाे थियाे । सरुभक्तले गौडेललाई परदेशी नेपालीका लागि मार्गनिर्देशक स्रष्टाको रूपमा चिनाउँदै, जन्मभूमिको मायाले सताउने नेपालीहरूको यथार्थलाई कृतिले गहिरो रूपमा उजागर गरेको बताउनुभयाे । बानियाँले “सिर्जनाको अगाडि संरचना कहिल्यै ठूलो हुन सक्दैन” भन्दै गौडेललाई नेपाल बोकेर विश्वमा हिँडेका स्रष्टा भन्नुभयाे ।
प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले पुस्तकलाई ‘मुक्ति ग्रन्थ’ को रूपमा चिनाउँदै, विविध सामाजिक–पारिवारिक पक्षहरूले स्रष्टालाई परिपक्व बनाएको व्याख्या गर्नुभयाे । स्रष्टा गौडेलले आफ्नो जीवनयात्रालाई भावनाको पुलमार्फत दुई देशबीच जोड्ने उद्देश्यले कृति प्रकाशन गरेको बताउनुभयाे ।
कार्यक्रममा शोभाकान्त गौडेल, डा. कालु शर्मा सुवेदी, दुर्गाबहादुर शाह बाबा, असफल गौतम, आदर्श सापकोटा लगायतले पुस्तकको महत्वबारे धारणा राख्नुभएकाे थियाे । सारा स्वीकृति शर्माले पुस्तकको एक परिच्छेद वाचन गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 




