तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा ‘तिलोत्तमा साहित्य सङ्गम’को तेह्रौँ शृङ्खला तथा शुभकामना आदानप्रदान कार्यक्रम तिलोत्तमा–ड्राइभरटोलस्थित सहिद गंगालाल पुस्तकालयको हलमा सम्पन्न भएको छ। साहित्यिक वातावरणमा सम्पन्न यस कार्यक्रममा विभिन्न विधाका साहित्यकार तथा स्रष्टाहरूले सहभागिता जनाउनुभएकाे थियाे।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले गर्नुभयो भने सञ्चालन महासचिव लिलाधर पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा लक्ष्मण ज्ञवाली, कविराज पौडेल, लिलाधर पाण्डे, रमेश समर्थन, उद्धव देवकोटा, खगेन्द्र बस्याल, डीआर न्यौपाने ‘सूर्य’ लगायत करिब दर्जनौँ स्रष्टाहरूले आफ्ना साहित्यिक रचना वाचन गर्नुभएकाे थियाे ।
संस्थाका उपाध्यक्ष तथा छन्द अभियन्ता साहित्यकार कविराज पौडेलले प्रस्तुत रचनाहरूको समिक्षा गर्दै तिलोत्तमालाई साहित्यिक जागरणको उर्वर भूमिका रूपमा विकास गर्न यस्ता शृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे थियाे।
त्यसैगरी, प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले उत्कृष्ट रचना सृजना गर्न अध्ययनशील भई साधनामा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै साहित्य सङ्गमलाई नियमितरूपमा सञ्चालन गरेर साहित्यिक विकासको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयाे। साथै, उहाँले प्रतिष्ठानका कार्यक्रमहरूमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयाे।
तेह्रौँ शृङ्खलाको सफलताले आगामी दिनमा कार्यक्रमहरू अझ बृहत् र प्रभावकारी हुने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।