काठमाडौं । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति सम्बन्धहरू सार्वजनिक गरिएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो ।
कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए ।
भारीले साहित्यपोस्टसँग भने, “जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति ।”
मदन पुरस्कारप्राप्त लेखक विजय कुमारले सम्बन्धहरूलाई सिर्जनात्मक गैरआख्यानको शैलीमा बुनेका छन् । यो उनको दोस्रो कृति हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला