अन्तराष्ट्रिय नेपाली साहित्य समाजले विश्वभर रहेका आफ्ना च्याप्टरका गतिविधि, समस्या र सम्भावनालाई लिएर अनेसास केन्द्र र च्याप्टरका अध्यक्षबीच छलफल सुरु गरेको छ । यसको पहिलो शृंखलाअन्तर्गत आइतबार भएको अनलाइन छलफल कार्यक्रममा उत्तर अमेरिका क्षेत्रका अनेसास च्याप्टर अध्यक्ष र अनेसास केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अनेसासका (उत्तर अमेरिका), उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा उत्तर अमेरिकाका १५ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले च्याप्टर र केन्द्रबीच हुनुपर्ने सम्बन्धका बारेमा विचार राखेका थिए । उनीहरूले यस प्रकारको कार्यक्रमले अनेसासको उदेश्य अनुरूप सहकार्य गर्न सहज हुने बताए ।
कार्यक्रममा बोर्ड अफट्रष्टी सभापति गीता खत्री, अनेसास अध्यक्ष प्रकाश पौडेल माइला, बोर्ड अफ ट्रष्टी उपसभापति पदम बिश्वकर्मा, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले , उपाध्यक्ष बाबा बस्नेत र राजेश बुढाथोकी, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यहरू दीप पाठक, डा. रेणुका सोलु, प्रमोद सारंग, निजानन्द मल्ल, तारा अधिकारीलगायतले सहभागिता जनाएका थिए ।
यसैगरी च्याप्टरबाट अध्यक्षहरू शकुन ज्ञवाली , उर्मिला निर्दोषी , भानुभक्त आचार्य , नम्रता गुरागाईँ, यम पौडेल, ईश्वर बगाले, दीप कार्की, ईश्वरी भट्ट, किरण मानिके, कपिल अधिकारी, तिलक कार्की, कमल पन्थी, कमला न्यौपाने, सीता कोइराला र सतिश त्रिपाठी(उपाध्यक्ष),लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई अन्य महादेशहरूमा पनि निरन्तरता दिने अध्यक्ष माइलाले बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।