साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले फिर्ता लियाे सम्मान र पुरस्कार

Chovar Blues Mobile Size

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष दिँदै आएकाे पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान दुबै फिर्ता लिने घाेषणा गरेकाे छ । तीन दिनअघि घाेषणा गरिएका दुबै पुरस्कार र सम्मानका विषयमा पाठकहरू मात्र हाेइन्, स्वयं स्रष्टाहरूबीच पनि निषेधकाे अवस्था आएपछि प्रतिष्ठानले दुबै सम्मान फिर्ता लिएकाे हाे ।

‘वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’ प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले एउटा विज्ञप्ती प्रकाशित गर्दै भनेका छन्,  ‘हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

नेपाली साहित्य क्षेत्रमा निकै महत्वपूर्ण मानिएकाे पद्मश्री साधना र पद्मश्री पुरस्कार फिर्ताकाे घाेषणापछि  प्रतिष्ठान सदाका लागि पछि हट्ने त हाेइन, भन्ने चिन्ता पनि बढेकाे छ । तर विज्ञप्तिमा भनिएकाे छ, ‘खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।’

 

 

 

प्रतिक्रिया
Loading...