साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तीन घण्टामै प्रश्रितले फेरि बोली फेरे

Chovar Blues Mobile Size

काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य सम्मानलाई लिएर पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितले तीन घण्टामै आफ्नो बोली फेरेका छन् । केही समयअघि विज्ञप्ति निकालेरै पद्मश्री साहित्य सम्मान नलिने घोषणा गरेका प्रश्रितले फेरि आफूले विज्ञप्ति नै ननिकालेको भन्दै  केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छन् । उनले विज्ञप्तिमा भएको हस्ताक्षर पनि आफ्नाे नभएकाे जिकिर गरेका छन् ।

प्रश्रित आयोजकको चासाे र बौद्धिक वर्गको सुझावमा पुरस्कार ग्रहणबाट पछि हटेका थिए । याेजना मुताबिक नै प्रश्रितले हस्ताक्षरसहित मूलधारका सञ्चारमाध्यममा आफूले पुरस्कार नलिने विज्ञप्ति पठाएका थिए । सञ्चारमाध्यममा समाचार छापिएकाे तीन घन्टा नबित्दै उनले आफ्नाे हस्ताक्षरसहितकाे समाचारलाई अस्वीकार गर्दै अर्काे अन्तर्वार्ता दिएका हुन् ।

बुझिएअनुसार समाचार प्रकाशन भएपछि उनका केही पूर्वपार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूले  यसरी पछाडि हट्दा गलत सन्देश जाने भन्दै समाचार सच्याउन  सुझाव दिएपछि आफ्ना नजिकका सञ्चारमाध्यममार्फत्  उनले बाेली फेरेका हुन् ।

आफ्नै विज्ञप्तिलाई अस्वीकार गर्दै प्रश्रितले शीलापत्र डटकमसँगको अन्तर्वार्तामा भनेका छन्, “मैले नलिने भनेको होइन । मेरो नाम आएपछि एक जना मान्छे त्यतिकै चर्केर गएछन् । … त्याे हस्ताक्षर मेराे हाेइन र मैले पुरस्कार लिन्न भनेकाे छैन ।”

सञ्चारमाध्यमहरूले भने  उनको हस्ताक्षरसहितकाे  विज्ञप्ति उनकै आफन्तमार्फत् मिडियाहरूमा  आएकाले प्रश्रितले किन बाेली फेरे भन्ने कुरामा आशंका व्यक्त गरेका छन् । उनकाे दोहोरो बोलीका कारण मिडियाहरूमा मात्र हाेइन,  पुरस्कार आयाेजकहरूलाई समेत आश्चर्यमा पारेकाे छ ।

sagarmani mobile size

खेमराज हरिकला समाज कल्याण परिषद्ले यस वर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास हंसलाई दिने घोषणा गरेको थियो । तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने बताएका थिए ।

नेकपाकी पूर्व कार्यकर्ताकर्ताकी छाेरी शारदा भुसालले केही वर्षअघि पुस्तक लेखेरै प्रश्रितले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकाले उनीसँगै एउटै मञ्चबाट आफूले पुरस्‍कार लिन नमिल्ने भनाइ उप्रेतीको छ ।

हेराैँ, पुरस्कारबाट पछि हटेकाे प्रश्रितकाे विज्ञप्ती र उनले दुई घण्टापछि दिएकाे अन्तरवार्ताः

https://shilapatra.com/detail/42248

प्रतिक्रिया
Loading...