काठमाडौं । भानु जयन्तीको अवसरमा भानु साझा पुस्तकालय र नझरेका फूलहरूले आयोजना गरेकाे कार्यक्रममा गायिका लोचन भट्टराईलाई सम्मान गरिएको छ । कार्यक्रममा भट्टराईले वाद्यवादकहरूको साथमा रामायणका श्लोकहरू समेत गाएर आफ्ना एक दर्जन लोक तथा आधुनिक गीत प्रस्तुत गर्दै दर्शकलाई साङ्गीतिक मनोरञ्जन प्रदान गर्नुभएकाे थियाे ।
समारोहमा कवि मनु मञ्जिल, सिजन श्रेष्ठ, चन्द्रमणि गुरागाईँ, रुपनारायण श्रेष्ठ लगायतका स्रष्टाहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व र योगदानका सन्दर्भमा आफ्ना सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसैगरी दुर्गा पराजुली, सञ्जिव धिमाल, यमुना पराजुली, भूमा अधिकारी, नवीन न्यौपाने, शर्मिला सिग्देल, गीता कुलुङ, रमेश निरौला, यादव भट्टराई लगायतका कवि तथा कलाकारहरूको पनि कार्यक्रममा दरिलो उपस्थिति रहेको थियो ।
गीताप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम नझरेका फूलहरू का प्रस्तोता केपी घिमिरेको समन्वयमा र पुरन याक्खाको सभापतित्वमा सम्पन्न भएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ माघ २०८२, मंगलवार 




