सुन्दरहरैँचा । साहित्यिक प्रस्तोता केपी घिमिरेको नेतृत्वमा ‘केही सुनौँ–सुनाऔँ केही’ शीर्षकमा तीनदिने सृजनात्मक उत्सव–२०८२ सम्पन्न गरिएको छ।

सरकारी सहयोगबिना, एक्लै राष्ट्रस्तरीय स्तरको कार्यक्रम सम्पन्न गर्ने केपी घिमिरेको यो पहल साहित्यिक क्षेत्रमा उदाहरणीय बनेको छ। जहाँ देशभरका चर्चित साहित्यकारहरू र स्थानीय स्रष्टाहरूले एकै मंचमा कविता, गजल, गीत र विचार प्रस्तुत गर्नुभएकाे थियाे ।

पहिलो दिन: कविता उत्सवकाे अध्यक्षता: रुपनारायण श्रेष्ठ र प्रमुख अतिथि: साहित्यकार कुन्ता शर्मा रहनुभएकाे थियाे । कविहरू अमृतप्रसाद आचार्य, ईरान राई, मीनकुमार श्रेष्ठ, डा. दीपक न्यौपाने, देवान किराँती, हेमन यात्री, अमित मिहाङ, किरण टी. लिम्बू, सोम भट्टराई, वासु अधिकारी, रमेश निरौला, विनोद विवश, नवीन थापा क्षेत्री, हिर खड्का अधिकारी, गीताप्रसाद श्रेष्ठ, पुष्पा बोगटी, सम्सेर रसाइलीले कविता वाचन गर्नुभएकाे थियाे ।

दोस्रो दिन: गजल उत्सवकाे अध्यक्षता: पुरन याक्खा र प्रमुख अतिथि: प्रा.डा. भीम खतिवडा रहनुभएकाे थियाे  । विवश बलिभद्र कोइराला, सुमित खड्का, जे.बी. थुलुङ, संजिव धिमाल, तिला लेकाली, रोमु अधिकारी, सुनिता तामाङ, यादव भट्टराई, युवराज ठकुरी, रोहित पराई, मुना आत्रेय, सुजन डोटेल, अनुप अनुपम, रुपक श्रेष्ठ, टीका भट्टराई, खेमराज आचार्य, टीकाराम कार्की ले गजल सुनाउनुभएकाे थियाे ।

तेस्रो दिन: साहित्य–संगीत र सम्मान कार्यक्रमकाे अध्यक्षता: यादव भट्टराई र प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बराल रहनुभएकाे थियाे  प्रा.डा. नवराज लम्साल, मनु मञ्जिल, पुरन याक्खा, सिजन श्रेष्ठ, सुन्दर कुरुप, कृष्णराजा श्रेष्ठ, दुर्गा पराजुली, गणेशप्रसाद दाहाल, रेखा सुवेदी, अर्जुनराज अधिकारीले साहित्य, संगीत र संस्कृतिबारे विचार राख्दै आफ्ना चर्चित रचनाहरू सुनाउनुभएकाे थियाे ।

कार्यक्रममा गजलका ख्यातिप्राप्त सर्जक प्रा.डा. कृष्णहरि बराललाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।