काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उहाँको मूल परिचय कवि भएको बताउनुभयाे ।कृतिकारले २०७२, बैशाख १२ मा भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको उल्लेख गर्दै यस कृतिभित्र रहेका विषय सन्दर्भबारे बोल्नुभएकाे थियाे । मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उहाँको छ दशकको साधनाको उपलब्धि भएको उल्लेख गर्नुभयाे ।प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गर्नुभएकाे थियाे । कृतिमा कूल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताउनुभयाे । कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभूति सुनाउनुभएकाे थियाे । स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनीसँग विराटनगरमा परिचित भएको बताउनुभयाे । साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बताउनुभयाे । उहाँले गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताउनुभयाे ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ माघ २०८२, बिहीबार 




