काठमाडौँमा आयोजित कार्यक्रममा ‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) भारतीय साहित्य र साहित्यकार विशेषाङ्कको लोकार्पण भएकाे छ ।
साहित्यकार शशी पन्थीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि असम, भारतका साहित्यकार ज्ञानबहादुर छेत्री रहनुभएको थियो ।
किरण पुस्तकालय तम्घास, गुल्मीले वि.सं. २०३० सालदेखि प्रकाशन गरेको ‘हाम्रो पुरुषार्थ’ को सम्पादक शशि पन्थी हुनुहुन्छ ।
कार्यक्रममा सम्पादक पन्थी, प्रमुख अतिथि छेत्री, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डे, शरद प्रधान लगायतले विशेष मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, ‘शारदाका’ सम्पादक विमल भौकाजी, साहित्यकारहरू जयदेव भट्टराई, रामप्रसाद पन्त, अनिता कोइराला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण साहित्यकार हरि गौतमले गर्नु भएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
ज्ञानबहादुर क्षेत्री
२०८२ आश्विन २६ १२:०३
नेपाली सहित २२ वटा भाषामा भारत रत्न भूपेन हाजरिकाको जीवनी ग्रन्थ
editor
२०७८ बैशाख २६ १२:३१
९ माघ २०८२, शुक्रबार 








