सपनाको जीर्णोद्धार – बाउसे
कवि कृष्ण बाउसेको कवितासंग्रह हो ‘सपनाको जीर्णोद्धार’ । बाउसेले कवितामार्फत सत्तालाई प्रश्न गर्नुभएको छ, सामाजिक विसङ्गति प्रति खबरदारी गर्नुभएको छ ।
”यसबेला मलाई अङ्ग्रेजी साहित्यका प्रख्यात अमेरिकी कवि वाल्ट विट्म्यानको खुब याद आइरहेको छ ।” पुस्तकमा बाउसे लेख्नुहुन्छ, ‘लिभ्स अफ ग्रास’ उनको प्रख्यात कवितासङ्ग्रह । कविको जीवनकालमा यस पुस्तकको नौ संस्करण निस्किएको रहेछ र उनले हरेक संस्करणमा प्रसस्त सम्पादन गर्नुका साथै केही नयाँ कविता थप्ने र केहीलाई हटाउने गरेका रहेछन् । त्यसो गरेर उनले ‘लिभ्स अफ ग्रास’का पाठकलाई हरेक संस्करणमा नयाँ स्वाद दिएका रहेछन् । यस सङ्ग्रहको तयारी गर्दा मैले पनि सहसा उनको यस पक्षको अनुसरण गरेको छु आफ्ना केही पुराना कवितालाई नयाँ रूप दिने सन्दर्भमा । नयाँ कवितालाई प्राथमिकता साथ समेटेपछि किन सङ्ग्रहको नाम नै नयाँ नराख्ने भन्ने कुरा चाहिँ मेरो निर्णयको विषय बनेको हो । ‘यस्तो उद्घोष गर्छु’ नामक मेरो पुरानो कवितासङ्ग्रहको नयाँ संस्करण निकालियो भने त्यसमा यसमा सामेल कविताहरूले स्थान पाउने छैनन् नै । … यसबेला म आफ्ना कवितालाई पर्यावरण जोगाउने आवाज बनाउने प्रयास गरिरहेको छु । त्यसैले अब मैले लेख्ने कविता यो सङ्ग्रहका जस्ता हुने छैनन् नै । यस कारण पनि आफ्ना पुराना सिर्जनालाई पाठक माझ पुर्याउन यो सङ्ग्रह प्रकाशित हुन आवश्यक थियो ।”
पुस्तकलाई स्वदेश प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको हो । ४५ ओटा कविता समेटिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
