कागजको कुमारीत्व – त्रिविक्रम पाण्डे
कवि त्रिविक्रम पाण्डेको कवितासंग्रह हो ‘कागजको कुमारीत्व’ । पाण्डेका प्रायः कविता प्रेममा केन्द्रित छन् । कविहरूको मस्तिष्क हुँदैन भन्नेहरूलाई उहाँले कविहरूले मुटुले कविता लेख्छ भनेर कविताबाटै जवाफ दिनुभएको छ ।
”साहित्यतर्फ निरन्तर लहसिँदै म बाल्यकालबाटै साहित्य अध्ययन-लेखनमा पूर्णतः आकर्षित भएँ । पाठक हुँदै अन्ततोगत्वा म जे-जस्तो भए तापनि साहित्यकारमा दरिन पुगें ।” पुस्तकमा पाण्डे लेख्नुहुन्छ, ”… मेरो लेखनमा मस्तिष्क-पक्षभन्दा बढी हृदय-पक्ष हावी भएको र मैले नारी-पात्रलगायत यो समाज एवम् मानव समुदायका विभिन्न चरित्र अनि विविध पात्रहरू बनेर समेत आफ्ना भाव-विचारहरूलाई कविताको रूप दिएको यथार्थ पुस्तक अध्ययन गर्नुहुने जो-कोहीले महसूस गर्नुहुनेछ भन्ने मैले ठानेको छु । पठन संस्कृतिले कोल्टे फेरेर आधुनिक मुहार पुस्तिका (Face Book) अर्थात् अनलाइन पुस्तकहरू अध्ययन गर्ने बानी परेकाहरूको जमातमा भौतिक त्यो पनि कविताको पुस्तक लिएर उपस्थित हुनु निःसन्देह चुनौतीपूर्ण कुरा हो। आफूले सिर्जिएका सिर्जनाहरू आफ्ना सन्तानसरह लाग्दा रै’छन् । अतः जन्म दिएपछि कर्म दिनुपर्ने कर्तव्य सम्झेर यथासक्य सिर्जित रचनाहरूलाई निरन्तर अगाडि बढाउदै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । एक सय एकानब्बे ओटा कविता समेटिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।
====================



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

