दिक्तेल । खोटाङको दिक्तेलमा आयोजित दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवमा साहित्यकार कुन्ता शर्मालाई सम्मान गरिएको छ।
साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई ११ हजार एक सय ११ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले आइतबार शर्मालाई सम्मान प्रदान गर्नुभएको थियो।
महोत्सवमा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङलाई पनि समान रकम ११ हजार १११ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठानका सचिव मिलन कसजुले जानकारी दिनुभयो।
प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव सुवेदीको प्रमुख आतिथ्यता र कविता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुन्ता शर्मासहित प्राज्ञ बाबा बस्नेत, प्राज्ञ डा. कौशिला रिसाल, लक्ष्मी माली, डा.यादेवी ढकाल, प्रदीप रोदन, रीता खत्री, उर्मिला डंगोल, कमला प्रधान, भोला ढकाल, आस्था कोपिला, किरण सिवा, संग्राम राई, इन्द्र नारथुङे लगायत जिल्ला तथा जिल्ला बाहिरका साहित्यकारहरूले आ–आफ्ना सिर्जनाहरू सुनाउनुभएकाे थियाे ।
वैशाख २७ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न इभेन्टहरू अन्तर्गत दौड, टेबलटेनिस, बुद्धिचाल प्रतियोगिता आदि पनि आयोजना गरिएको थियो। साहित्य र खेलकुद दुवै क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्दै आयोजित यस महोत्सवले खोटाङको साहित्यिक र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 







