झापा । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानले आयोजना गरेको बृहत साहित्यिक एवम् सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय कलाकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता वाचन, गायन र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा भद्रपुरका स्थापित साहित्यकार तथा कलाकारदेखि नवप्रतिभाहरूले आ–आफ्नो कला प्रदर्शन गर्नुभएकाे थियाे ।

प्रा.डा. गंगाप्रसाद अधिकारी, सह–प्राध्यापक होम सुवेदी, कवि विरही अधिकारी, जयन्ती मानी, सत्यनारायण तायल, तीर्थ चापागाईं, अनिता राजवंशी, हरिप्रसाद न्यौपाने, उषा गुरुङ, ज्ञानमणि भूर्तेल, राजु वराल लगायत दर्जनौँ कवि तथा कवयित्रीहरूले आ–आफ्ना रचनाहरू वाचन गर्नुभएकाे थियाे  ।

यसैगरी, गायक निरज पोखरेल र गायिका मिना आचार्य गुरागाईंले आकर्षक गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे भने अदिति राजवंशी लगायतले नृत्य कला प्रदर्शन गरेर कार्यक्रमलाई थप रोचक बनाउनुभएकाे थियाे ।

कार्यक्रममा प्रजातान्त्रिक योद्धा दिव्य भूर्तेललाई सम्मान गरिएको थियो । भद्रपुरका साहित्यिक, कला, राजनीतिक र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई विशेष बनाएकाेे थियो । महेन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने डिल्लीरमण नेपाल र धनकुमारी खरेल लताले कार्यक्रमको सह–सञ्चालन गर्नुभएकाे थियाे । समग्रमा, कार्यक्रमले भद्रपुरको साहित्यिक तथा सांगीतिक क्षेत्रलाई थप उजागर गर्न सफल भएको छ ।