अष्ट्रेलिया । हजारौं किलोमिटर टाढा रहेको नेपालको झझल्को अष्ट्रेलियाको ब्रिस्बेनमा आयोजित ‘नेपाल फेस्टिवल २०२५’ मा देखियो। एनआरएनए अष्ट्रेलियाद्वारा आयोजित यस दुईवर्षे महोत्सवले ब्रिस्बेन सहरलाई नै रङ्गीन नेपाली संस्कृतिको सागरमा डुबाएको थियो।

प्रभातफेरीबाट सुरु भएको यो उत्सवले दशौं हजार नेपालीहरूको सहभागिता देखायाे । साउथ बैंकबाट सुरु भएको ¥याली ब्रिस्बेनका सडकहरू पार गर्दै किङ्गजर्ज स्क्वायरमा पुगेर समापन भयो। नेवारी लाखे नाचदेखि थारु, मगर, तामाङ लगायतका जातजातिहरूका मौलिक नृत्यहरूले सहरलाई एकैछिनका लागि नेपाल बनाइदिएका थिए। डम्फु, मादल र पञ्चेबाजाको तालमा गुञ्जिरहेका नेपाली गीतहरूले वातावरणलाई झनै रमाइलो बनाएका थिए। नेपाली झण्डा र विभिन्न जातजातिहरूका मौलिक पोशाकहरूले सिंगो सहरलाई नेपाली रङ्गले रंगिएको थियो।

किङ्गजर्ज स्क्वायरमा भएको सांस्कृतिक कार्यक्रममा अस्ट्रेलियाका प्रिमियर डेभिड क्रिसाफोली, विपक्षी दलका नेता, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव लगायतको उपस्थितिले कार्यक्रमलाई थप गरिमा प्रदान गरेको थियो। प्रधानमन्त्री एन्थोनी अल्बनिजीको शुभकामना सन्देशले नेपाली समुदायको योगदानको प्रशंसा गरेको थियो। प्रिमियर क्रिसाफोलीले आफ्नो आप्रवासी पृष्ठभूमि स्मरण गर्दै नेपाली समुदायको प्रशंसा गर्नुभएकाे थियाे । राजदूत यादवले नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएकाे थिइन्। एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राख्नुभएकाे थियाे । नेपाली पाठशालाका बालबालिकाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कन्दरा समूहको सांगीतिक प्रस्तुतिले कार्यक्रमको समापन गरेको थियो। ‘सान्चै नेपाल यहाँ भेटियो…’ गीत गुञ्जिँदा आँखा रसाएका थिए।