पुन समाज नेपालबाट डाटा संकलन गरी प्रकाशन भएको पुस्तक हो – ‘पुन जाति र भाषा’ । पुस्तकमा १. पुन जातिको संस्कार, संस्कृति र गीत सङ्गीत आदि, २. लिखितरअलिखित इतिहास, ३. पौराणिक किंवदन्ती र कथाहरू र ४. पुन जातिमा बोलिने शब्दावलीहरू भनी चार खण्ड समाविष्ट छन् ।
शुभकामनामा चन्द्रसिंह कुलुङ लेख्नुभएको छ, “पुस्तकमा इतिहासका सन्दर्भमा पुर्ख्यौली भूमिकाका रूपमा धौलागिरिको सेरोफेरोमा विसं १४९३ भन्दा अघि अर्थात् आनन्द बम मल्ल शासकको अभ्युदय अघिसम्म पुनका राजाहरू ‘पातु रन्के पुन’, ‘सत्तल सिंह’, ‘तुलु पाईजा पुन’ लगायत चार हजार पर्वतका क्षेत्रमा १८ जातिका मुखियाहरूको स्वायत्त रूपमा राज्य संचालन गरेको अठार पन्थिको समूह र सिमानामा रहेका चौध छिन्तेल जातिबीच सम्झौता गरेको र सो सम्झौता अनुसार समस्याको समाधान गर्न संयुक्त बैठक बस्दा ६४ पैसा राखी मुद्दाको छिनोफानो गर्ने प्रचलनको व्याखा, राईखोला र त्यस वरपर बसोबास गर्ने जाति पुनले सुँगुरको सिकार नखाने भएकाले ऐतिहासिक रूपमा रुवानी पहिचान भएको उल्लेख गरिनु र धार्मिक रूपमा बाबा कर्पाकेलीलाई सिद्धी पुरुष, महामानव वा भगवानका रूपमा अपनाई तिनकै मार्गदर्शनमा पुन समाज सञ्चालित भइरहेको हुनु, पुन जाति बीचमा साझा आस्था र विश्वास मान्न सकिन्छ ।”
प्रकाशकीयमा पुन समाजका अध्यक्ष भिमबहादुर फगानी पुन लेख्नुभएको छ, “नेपाली भाषाको विकास हुनुभन्दा पहिला पुन जातको पनि भाषा थियो भन्ने हाम्रो समाजभित्र बोलिने हजारौं शब्दहरू (जो अन्य कुनै जातको भाषासँग मेल खाँदैन) प्रमाणको रूपमा पाइन्छ । त्यसैले किन आफ्नो मातृभाषा छोड्न वाद्य भए ? भन्ने जिज्ञासा यस पुस्तकले प्रष्टाउने छ ।”
शुभकामनामा डा. ज्योति शेरचन लेख्नुभएको छ, “ओझेलमा परेका जातिमध्ये एक जाति पुन पनि हो । यस परिवेशमा सिङ्गो पुन समाज नै जागरूक हुँदै मलिन हुँदै गइरहेको पहिचान र अस्तित्व धरोहरहरूलाई पुनः ऊर्जा र शक्ति दिंदै चहकिलो बनाउन यस पुस्तक सफल रहोस् ।”
पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










