काठमाडौँ । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०६ औँ जयन्तीको अवसर पारेर तीन वटा नयाँ कृतिको लोकार्पण गरेको छ।
काठमाडौँमा आयोजित एक समारोहमा प्रसिद्ध समालोचक प्राध्यापक केशव सुवेदीले उक्त कृतिहरूको लोकार्पण गर्नुभएको थियो ।
लोकार्पण गरिएका कृतिहरूमा मदनमणि दीक्षितद्वारा रचित ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टद्वारा रचित ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन्। दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराईले गर्नुभएको छ भने भट्टकृत कृतिको सम्पादन प्राध्यापक डा. ऋषिराम शर्माले गर्नुभएको छ।
वानीरा फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी, वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. जोशीको योगदान र नयाँ प्रकाशित कृतिहरूको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शताब्दी पुरुष डा. जोशीको महिमाको गाथा गाइएको थियो भने उहाँको लामो जीवन र साहित्यिक योगदानको स्मरण गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




