
काठमाडौं । साहित्यकार एलबी क्षेत्रीको संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’ काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा लोकार्पित भएको छ।
महिला साहित्यकार समूहले आयोजना गरेको कार्यक्रममा कवि लक्ष्मी माली र उषा शेरचनले कृतिको लोकार्पण गर्नुभएको थियो । माली कार्यक्रमकी प्रमुख अतिथि र शेरचन अध्यक्ष हुनुहुन्थ्यो ।
कार्यक्रममा डा. सिर्जना शर्मा र डा. अशोक थापाले ‘अमेरिकामा ४३ दिन’ को समीक्षा प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि माली, अध्यक्ष शेरचन र कृतिकार क्षेत्रीले आ-आफ्नो मन्तव्य राख्दै कृतिको महत्त्व र आफ्नो अनुभव सुनाउनुभएको थियो । महिला साहित्य समूह काठमाडौंकी संयोजक कवि रिता खत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उल्लेखनीय संख्यामा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
