
तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको नवौं शृङ्खला सम्पन्न भएको छ।
ड्राइभरटोलस्थित सहिद गंगालाल पुस्तकालयको हलमा सम्पन्न यस शृङ्खलाले तिलोत्तमालाई साहित्यिक जागरणको उर्वर भूमि बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
पुस्तकालयका सदस्य लक्ष्मण ज्ञवालीले यस्ता साहित्यिक कार्यक्रमहरूले तिलोत्तमाको साहित्यिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। साहित्यकार रमेश समर्थले वाचन गरिएका रचनाहरूको समीक्षासहित साहित्य सङ्गमको महत्वमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले गर्नुभएको थियो भने संस्थाका महासचिव लिलाधर पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लक्ष्मण ज्ञवाली, कविराज पौडेल, लिलाधर पाण्डे, उद्धव देवकोटा, खगेन्द्र बस्याल, शंकर भण्डारी, अम्बिका पाण्डे, राम प्रसाद बस्याल, डीआर न्यौपाने ‘सूर्य’, समिप न्यौपाने, श्रीराम नेपाली, तुल्सीराम भण्डारी, रमेश समर्थन, हरि प्रसाद पौडेल, अर्जुन ज्ञवाली, हुमराज भुसाल, लेखनाथ पाण्डेय लगायत दर्जनौँ स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार सहिद गंगालाल पुस्तकालयमा नियमित रूपमा सञ्चालन हुने र यसले साहित्यको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवौं शृङ्खलाको सफलताले भावी कार्यक्रमहरू अझै बृहत र प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

