साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

यस चरणमा साहित्यपाेस्टले फोटाेसँगै “लकडाउनमा बालबालिका”, “ स्कुल जान नपाएका दिनहरू”, “ घरमै सीमित मेरो जीवन ”  विषय दिएर कविता आव्हान गरेको थियो । फाेटाेका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्ठता आएकाे निर्णायक मण्डलले जनाएकाे छ ।

यो साता गोपाल खनाल, चित्रमान तामाङ, दिपेन घिसिङ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार शशी खड्का, दीप मगर, पार्वती पहरीको कविता भने केही अङ्कको अन्तरले मात्र सर्वोत्कृष्ट हुनबाट बञ्चित भएका छन् । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई २१ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजमा मेसेज र मेलका माध्यमबाट ११ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिदै आएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालको भनाइ छ ।

फोटो कविता प्रतियोगिताको पन्ध्रौँ शृंखला भोलिदेखि सुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविका कविताहरूः