समय यात्रा – डा. अर्जुनदेव भट्ट
डा. अर्जुनदेव भट्टको संस्मरणात्मक निबन्ध सङ्ग्रह हो ‘समय यात्रा’ । भट्टले पुस्तकमा आफ्नो पेशा शल्यजीवनको यात्राहरुका बारेमा रोचक ढंगले लेख्नुभएको छ । पुस्तकमा भट्टको शल्ययात्रासँगै बिरामीहरुको मनोदशा, अस्पतालहरुको अवस्था र समग्र स्वास्थ्य क्षेत्रको चित्र पनि चित्रित छ ।
”डाक्टर भएर चिकित्साका क्षेत्रमा होमिएपछि बिमारीमा जन्मिएका चि‌ड्चिडाहट, अस्पतालप्रतिको अविश्वास हटाउन औषधी औजार सञ्चालनअघि डाक्टररनर्सहरूले भावात्मक, मनोविश्लेषणात्मक औजार के कति हदसम्म अपनाउनु पर्छको प्यारामीटरको सशक्त मुटु हो यो कृति।” पुस्तकमा कलानिधि दाहाल लेख्नुहुन्छ, ”यस अर्थमा हरेक डाक्टर, नर्सहरूले त यसलाई गहन अध्ययनको अन्तरमा जन्तर बनाएदेखि कमै बिमारीले चिकित्साक्षेत्रप्रति नकारात्मक सोचको खेती गर्ने सम्भावना रहन्छ। यो निबन्धभित्रको पनि प्राविधिक क्षेत्रलाई वस्तुताको मुटु बनाएर भावात्मक उडान र संवेदनात्मक स्पर्शमा, सम्यक शैली अपनाएर संरचित संस्मरणात्मक सुन्दर निबन्ध सङ्ग्रह हो।”

त्यसैगरी पुस्तकमा डा. अर्जुनदेव भट्ट लेख्नुहुन्छ, ”कोभिड (१९ को पाण्डेमिकले सित्तैमा दिएको उपहार हो यो पुस्तक । धेरैले यसको चाहना राखे तर मैले त्यसै टारेँ समय पुगेन भन्दै । कोभिडले दिएको समयमा योजनाबद्ध लेखनमा बसी ३।१। २०७७ देखि २६। ६। २०७७ सम्म र यो संस्मरणात्मक निबन्ध सङ्ग्रह तयार भयो। फलस्वरूप इनाम मिलिहाल्यो । अब त यो अवसर बनाउन सकेकामा आफूलाई समेत धन्यवाद दिन मन लाग्छ तर कृतज्ञताका मुख्य पात्रहरू धेरै छन् । जनकपुर छोडेको ४२ वर्ष पुग्यो तर हाम्रा मनमस्तिष्कमा त्यो भेग, त्यहाँका मान्छे अतीतझै झल्किन छाड्दैनन् । सायद हाम्रा मस्तिष्क चेतना शून्य नहुञ्जेलसम्म ती हामीलाई पछ्याइरहनेछन् अनि हामी त्यसैमा रमाइरहनेछौं(अतीतमा डुबल्की मार्दै । किनकि त्यो नै थियो हाम्रो नेपाली जीवनको वास्तविक शुरुवात । सङ्घर्षमय जीवनको स्थल, स्रोत, थालनी र प्रारम्भिक बिन्दु ! ”

पुस्तकलाई ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको हो । एक सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।