काठमाडौं । भूगोल साहित्य समाज काठमाडौंले आफ्नो प्रथम वार्षिकोत्सव भर्चुअल रुपमा मनाएको छ । यस समाजको स्थापना राष्ट्रिय वाणिज्य बैंकवाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा साहित्यिक सृजनाको अभियानलाई निरन्तरता दिदै भाषा र साहित्यको उन्नयनका लागि अघि वढ्ने र निवृत्त जीवनलाई सक्रिय राख्ने उद्देश्यले एक वर्ष अघि गरिएको हो ।
२०७६ असोज ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको समाजले कोरोनाको कहरकाबीच प्रविधिको सहयोगबाट रचना वाचन गरेर वार्षिकोत्सव कार्यक्रम उत्साहका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा कविहरू हरिश्चन्द्र गौतम, गुप्त वहादुर राना, मुकुन्द अर्याल, नवराज पुडासैनी, दिनेश विक्रम थापा, शैलेन्द्र कुमार शाह र विनोद नेपालले आआफ्ना समसामयिक रचना वाचन गर्नुभएको थियो ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष नेपालले असहज परिस्थितिकै बीच पनि समाजले एक वर्षको अवधिमा सातवटा कार्यक्रमहरूको आयोजना हुनु तथा एउटा पुस्तकसमेत प्रकाशन हुनु उपलब्धिमूलक रहेको भन्दै यस अवधिमा समाजलाई सहयोग गर्ने सबैप्रति आभारसहित धन्यवाद प्रकट गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।