
काठमाडौँ । नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर अमेरिका निवासी साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान गरिएको छ।
नयाँ बानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा आयोजित एक समारोहमा सुवेदीलाई यो सम्मान प्रदान गरिएको हो।
सम्मानपत्रमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रियकरणमा अमेरिकाबाट सुवेदीले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मानित गरिएको उल्लेख छ। समारोहमा सम्मानित सुवेदीसहित उपस्थित विशिष्ट अतिथि तथा कविहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई प्रमुख अतिथि तथा मणिराज सिंह सभापति रहनुभएको थियो।
विशेष अतिथिका रूपमा शिखर सम्मेलन कवि शैलेन्द्र साकार, डा. विष्णु बिभु घिमिरे, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, नरेन्द्रबहादुर श्रेष्ठ, ज्ञानुवाकर पौडेल, नेपाली लेखक सङ्घका उपाध्यक्ष डा. शशी थापा, रवीन्द्र आशिष शैली, राजबाबु श्रेष्ठ सागर र प्रा.डा. गोविन्द मानसिंह उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा तोयानाथ सुवेदी, सुप्रियाञ्जली घिमिरे, इन्दिरा चापागाईं, दिनेशकुमार शर्मा, मधुसुधन प्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा. बिभु बिमु घिमिरे, अन्चु सुवेदी, राजेन्द्र घिमिरे, सुनिता अधिकारी, रमा ओली, पुष्कर लोहनी, संगीता खरेल, देवेन्द्र नेपाल, हरितकुमार रेग्मी, कृपा पराजुली, युनाल नारायण पन्त, सरिता बजगाईँ पन्त, उषा आचार्य, अनन्त नारायण पन्त, अमर अधिकारी, किशन पौडेल, यमुना न्यौपाने, लक्ष्मी प्रधान, भुवन सिवाकोटी, शिरोमणि चौधरी, जीएनके खडेरी, केदारप्रसाद मैनाली लगायतका कविहरूले कविता, मुक्तक र गजल वाचन गर्नुभएको थियो ।
उषा आचार्यले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशन प्रा. लि., काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमले नेपाली साहित्यको समृद्धिको लागि थप टेवा पुर्याउने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

