चितवनको रत्ननगर बछौलीका गजलकार आरजु गिरीको नयाँ गजल ‘हिमाली सुन्दरी गोरी मलाई जालमा पार्‍यौ’ सार्वजनिक भएको छ ।

गजलकार गिरीले आफ्नो तेह्रौं दाम्पत्य वार्षिकोत्सवको उपलक्ष्यमा जीवन सङ्गीनी लक्ष्मी गिरीप्रति समर्पण स्वरूप उक्त गजल सिर्जना गरेका हुन् ।

विधाता छन्दमा लेखिएको गजलमा बाबुल गिरीको संगीत तथा स्वर रहेको छ भने गजलका सशक्त र प्रेमभावले भरिएका शब्दहरूलाई संगीतले थप सजीव बनाएको छ । गजल नेपाली गजलबहार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । याम तिलक स्टुडियोमा रेकर्ड गरिएको गजलको म्युजिक भिडियो आकर्षक पनि छ ।

भिडियोको निर्देशन सङ्गीत सागर बुर्जाले गरेका हुन् । भिडियोमा प्रियंका कार्की र आयुष्मान जोशी मुख्य भूमिका रहेको छ । गायक बाबुल गिरी पनि गायकका रूपमा भिडियोमा देखिएका छन् ।

गजलकार आरजु साहित्यकार धनराज गिरीका सुपुत्र हुन् ।