
काठमाडौं । तेह्रथुमका आख्यानकार श्याम सिङ्घक २०८२ सालको ‘मनमाया बान्तावा स्मृति पुरस्कार’ बाट सम्मानित हुने हुनुभएको छ।
कला, साहित्य र संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सर्जकलाई प्रदान गर्दै आएको यस पुरस्कार सिङ्घकको साहित्यिक यात्रा र कृतित्वको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिने भएको हो।
झापाको शिवसताक्षी नगरपालिका–१, धरमपुरस्थित मनमाया बान्तावा प्रतिष्ठानले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिङ्घकलाई यस वर्षको पुरस्कार प्रदान गरिनेछ। प्रतिष्ठानले सिङ्घकको साहित्यिक योगदानलाई उच्च सम्मान गर्दै उहाँलाई यस पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको छ।
यसअघि कविता नेपाल, प्रकाश थाम्सुहाङ, रोहित खपाङ्गी, कविता राई गाउँले र विमला तुम्खेवाजस्ता साहित्यकारहरू यस पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । प्रतिष्ठानले सिङ्घकको उल्लेखनीय साहित्यिक कृतिहरू र उहाँको समग्र साहित्यिक यात्रालाई मध्यनजर गर्दै उहाँलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ।
विज्ञप्तिमा पुरस्कारको राशि र प्रदान गर्ने मिति भने उल्लेख गरिएको छैन। तर, आगामी दिनमा आयोजना हुने एक विशेष समारोहमा उहाँलाई पुरस्कार प्रदान गरिने छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

