
बाँके । बाँकेको खजुरा गाउँपालिकामा दुईदिने साहित्य महोत्सव आयोजना हुने भएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने यो महोत्सव आगामी वैशाख ५ र ६ गते सम्पन्न हुनेछ। महोत्सवमा कवि तथा लेखकहरूको सहभागिता रहने महोत्सव संयोजक तथा साहित्यकार मणि अर्यालले जानकारी दिनुभयो।
दुई दिने महोत्सवमा सिर्जना वाचन, विभिन्न विषयमा कार्यपत्र प्रस्तुति तथा साहित्यिक परिसंवाद जस्ता कार्यक्रमहरू समावेश गरिएको छ । प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीका अनुसार महोत्सवमा स्रष्टा सम्मान तथा खजुरा प्रतिभा पुरस्कार वितरण समेत गरिनेछ।
यसअघि नै छनोट भएका प्रतिभाहरुले नृत्य तथा संगीत प्रस्तुत गर्नुहुनेछ । उहाँहरुको प्रस्तुति मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभालाई नगद पुरस्कार सहित खजुरा प्रतिभाको उपाधि प्रदान गरिने आयोजकले जनाएको छ । यो महोत्सवले खजुरा क्षेत्रको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा सहभागी हुन देशभरिका साहित्यप्रेमीहरुलाई आयोजकले आह्वान गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

