बैंकक । थाइल्यान्डको आदर्श पुस्तकालयलाई नेपालबाट १ सय ७५ वटा नेपाली साहित्यिक पुस्तक सहयोग गरिएको छ ।थाइल्यान्डमा रहेका नेपाली भाषाभाषीहरूको भाषा–साहित्यको विकास, विस्तार, प्रवर्द्धन र सुधारको लागि गरिएको आग्रहलाई स्वीकार गर्दै ऋषवदेव घिमिरेले यो सहयोग गर्नुभएको हो ।

नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिय साहित्य प्रतिष्ठान लगायतका दर्जनौँ सामाजिक संघ–संस्थामा आबद्ध घिमिरेको यो सहयोगले थाइल्यान्डमा नेपाली भाषा र साहित्यको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ । थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भन्नुभयो, ‘म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमीको तर्फबाट नेपालबाट आएको यो सहयोगका लागि हामी धन्यवाद व्यक्त गर्दछौं ।’