संविधान दिवसको शुभ अवसरमा ‘नेपाल यात्रा २०२०’ कला प्रदर्शनी लन्डनस्थित नेपाल दूतावासमा सुरु भएको छ । बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली दूतावास, लन्डनमा “नेपाल यात्रा २०२०” कला प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटनको पहिलो दिन कलाकार पी. सिंहलाई राजदूतले सम्मानित गरे । दूतावासमा थोरै संख्यामा दूतावासका कर्मचारीहरू माझमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम सम्पन्न भएको थियो ।
‘कलाकार पी. सिंहका चित्रहरू दूतावासमा प्रदर्शन भएकोमा हामीले गर्व गरेका छौं र नेपाललाई बेलायतमा प्रवर्द्धन गर्ने उनको प्रयास सराहनीय छ,’ बेलायतमा नेपालका लागि राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले भने ।
‘नेपाल दूतावास, लन्डनले कलाकार पी. सिंहका चित्रहरूमार्फत नेपाल र नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल यात्रा २०२०’ कला प्रदर्शनी आयोजना गरिरहेको छ,’ राजदुत सुवेदीले भन्नुभयो ।
१८ देखि २४ सेप्टेम्बरसम्म भइरहेको यस प्रदर्शनीमा ३० वटा एक्रिलिक र पानी रङका चित्रहरु समावेश गरिरहेका छन् । यस अन्तर्गतका चित्रहरूले नेपालका वास्तुकलाको हिसाबले धनी प्राचीन मन्दिरहरू/मठहरू; पर्यटकीय क्षेत्रहरू, विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाकहरूको बारेमा जानकारी गराइएको छ ।
‘प्रदर्शनीले नेपालको बारेमा जागरूकता जगाउने र देशको सैन्दर्यताको बारेमा जानकारी गराउने प्रयास गर्दछ’, पेशाले सफ्टवेयर इन्जिनियर कलाकार पी. सिंह भन्छन् । उनी आफ्नो शौकको रूपमा फुर्सदको समयमा चित्रहरू कोर्ने गर्दछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।