हरेक महिनाको पहिलो शनिवार रचना वाचन गर्दै आएको लिगलिग साहित्य समाज गोरखाले असोज महिनाको श्रृङ्खला छन्द विशेष श्रृङ्खलाको रुपमा सम्पन्न गरेको छ ।
वरिष्ठ कवि भूवनहरि सिग्देलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा गोरखाबाट कवि नारायण प्रसाद पोखरेल, प्रदिप रोदन, हेटौडाबाट कवि पुरुषोत्तम आचार्य, चितवनबाट प्रकाश चापागाईं, अमेरिका बाट राजेन्द्र प्रसाद अर्याल, सिता अर्याल, गिता बज्गाईं, न्युजिल्याण्डबाट नमिता दवाडी, पपुवा न्युगिनीबाट गणेश बाबु अधिकारी, लगायतका स्रष्टाहरुले आफ्ना छन्द रचनाहरु सुनाएका थियो ।
कार्यक्रमा कवि राजेन्द्र प्रसाद अर्यालले अमेरिकामा नेपाली छन्द कविताको उन्नयनमा गरिएका प्रयासहरुको चर्चा गरेका थियो भने प्रमुख अतिथि भूवनहरि सिग्देलले छन्दमा लेख्न अफ्ट्यारो नहुने भन्दै कुरा लेख्ने की कविता भन्ने कुरा मुख्य भएको बताए ।
कवि सिग्दलले सजिलोसँग छन्दमा कसरी लेख्ने बारे रमाइला विधिहरु बडो रोचक तरिकाबाट सिकाएका थिए । सो कार्यक्रमको सहजीकरण समाजका अध्यक्ष सुरेन्द्र देवकोटाले गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 




