अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ | आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |
समितिको सदस्यहरूमा रजनी श्रेष्ठ (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल) , आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका) , गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका), रिजा प्रधान (पर्थ, अस्ट्रेलिया ), मन्जु भन्डारी (बेलायत), शारदा पौडेल ‘निशा’ ( स्पेन) , निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान), जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) रहेका छन् |
यसैगरी समितिले शान्ता अधिकारी घिमिरे (न्यूयोर्क, अमेरिका) लाई नवरत्न पुरस्कारका लागि संयोजकमा मनोनयन गरेको छ | अनेसासले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ|
दुई वर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्नेछ |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।