काठमाडौँ । अनेसास, अन्तर्दृष्टि साहित्यिक पत्रिकाको सम्पादन मण्डलमा भएको छ । दिनेशराज ज्ञवालीको प्रधान सम्पादकत्वमा सम्पादन मण्डल विस्तार भएको हो ।

विस्तारित सम्पादन मण्डलमा कार्यकारी सम्पादक दीपा राई पुन रहनुभएको छ भने सह-कार्यकारी सम्पादक खिमानन्द पोखरेल रहनुभएको छ । त्यसैगरी, प्रविधि सम्पादक दिपेन्द्र जोशी ‘निक’ रहनुभएकाे छ ।

त्यसैगरी सुशीला खड्का ‘हसिना’, प्रेमिला गौचन, महता घिमिरे चापागाईं, विष्णुविभु घिमिरे, रिजा प्रधान, महेन्द्र भट्टराई, ललित श्री, खेमराज सुबेदी, आर्यश, पुष्कर जंग थापा, अनिल कुमार निर्दोष, विष्णु वाग्ले र सुमन कार्कीलगायतका अनुभवी तथा युवा साहित्यकारहरूको समावेशी सम्पादन मण्डलले पत्रिकाको साहित्यिक आयामलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा अनेसासले गरेको छ।

सम्पादक मण्डल विस्तारसँगै अन्तर्दृष्टिले रचनाका लागि आह्वान गरेको छ । विभिन्न विधाका मौलिक रचनाहरूको खोजीमा रहेको पत्रिकाले विश्वभर छरिएर रहेका नेपाली भाषाका कवि तथा लेखकहरूलाई आफ्ना रचनाहरू पठाउन विशेष आह्वान गरेको छ। कविता, कथा, समालोचना, समीक्षा, यात्रा निबन्ध, एकाङ्की नाटक र ललित निबन्ध जस्ता विधामा रचनाहरू माग गरिएको छ।

प्रत्येक विधाका लागि शब्द सीमा तोकिएको छ ।

कविता : १० वटा (हाइकु ५, मुक्तक ३, पद्य कविता ५ श्लोक, गद्य कविता १५० शब्दभित्र),

कथा : २० वटा (समसामयिक विषयमा आधारित, ३ हजार शब्दभित्र)

सामालोचना : ३० वटा (४ हजार शब्दभित्र, न्यूनतम २ हजार ५ सय शब्द)

समीक्षा : ४० वटा (५ सय शब्दभित्र)

यात्रा निबन्ध : ५० वटा (३ हजार शब्दभित्र)

नाटक (एकाङ्की): ६० वटा (२ हजार शब्दभित्र) ललित (भावपरक)

निबन्ध : ७० वटा (३ हजार शब्दभित्र)

पत्रिकामा प्रकाशनका लागि पठाइने रचनाहरू प्रीति वा युनिकोडमा टाइप गरिएको हुनुपर्नेछ। हस्तलिखित रचना स्वीकार नगरिने जनाएको छ । रचनासँगै लेखकको फोटो अनिवार्य छ। भाषिक शुद्धतामा विशेष ध्यान दिन आग्रह गरिएको छ। ह्रस्व, दीर्घ, र वर्ण शुद्धतालाई प्राथमिकता दिइनेछ।

रचना पठाउने अन्तिम मिति २०२५ अप्रिल ३० (२०८२ वैशाख १७) तोकिएको छ। छनोट गरिएका उत्कृष्ट रचनाहरू सन् २०२६ अप्रिलभित्र प्रकाशित गरिनेछन् र उत्कृष्ट गद्य तथा पद्य रचनाहरूलाई आकर्षक नगद पुरस्कार र सम्मानपत्रबाट सम्मानित गरिनेछ। प्रत्येक विधाका उत्कृष्ट रचनाहरूलाई पनि यथोचित सम्मान गरिनेछ।

समय सीमा नाघेका रचनाहरू प्रकाशन गरिने छैन । साहित्यकारहरूलाई यस अवसरको सदुपयोग गरी आफ्ना रचनाहरू पठाउन अनुरोध गरिएको छ।