आख्यानकार गगनसिंह थापाको उपन्यास ‘महाप्रलय’ बजारमा आएको छ ।

कैलालीका ७१ वर्षिय साहित्यकार थापाको यो छैटौँ कृति हो ।

गगनसिहंह थापा

यस उपन्यासमा उनले विध्वंसकारी हातहतियार द्वारा संसारको प्रलय भएको दर्दनाक परिकल्पनाको कथा र पुनर्निर्माणको प्रारम्भको प्रयासका बारेमा लेखेका छन् । ज्ञानमाथि विज्ञानले आक्रमण गर्दा कसरी विश्वको महाप्रलय हुन्छ भन्ने कुरा कृतिमा प्रस्तुत गरेका छन् ।

यो उपन्यास साङ्ग्रिला पुस्तक प्रा.ली.ले प्रकाशन गरेको हो ।

थापाका यसअघि पनि सोह्र सौगात, कर्णालीको छेउछाउ,पुर्खाको चिट्ठी मेरो मधुशाला र उज्ज्वली उपान्यासहरु प्रकाशित छन् ।