
चरिकोट । प्रगतिशील लेखक सङ्घ नेपाल, दोलखा शाखाको पाँचौँ जिल्ला भेला सम्पन्न भएको छ। भेलाबाट पत्रकार तथा लेखक तारा बहादुर महतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। निवर्तमान अध्यक्ष सुन्दर खड्काका अनुसार, समितिको सचिव थप गर्नेगरी नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा समिरा बस्नेत, सहसचिवमा रोशन योगी, र कोषाध्यक्षमा नविन पोखरेल चयन हुनुभएको छ। सदस्यहरूमा विमल खड्का, जीवन शर्मा, बिर्सम श्रेष्ठ, याङ्डोमा शेर्पा, इन्दिरा थामी, निलिशा थापा र लक्ष्मी भुजेल रहनुभएको छ। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
जिल्ला अध्यक्ष सुन्दर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज डाक्टर कृष्ण सुवेदी, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, सङ्घका बागमती प्रदेश अध्यक्ष हरि प्रसाद सिलवाल, केन्द्रीय सचिवालय सदस्य दिनेश दुलाल, र कार्यसमिति सदस्य विनिता शिवाकोटीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै साहित्यिक क्षेत्रको विकास र प्रगतिमा योगदान पुर्याउन आग्रह गर्नुभएको थियो।
नयाँ कार्यसमितिको चयनले दोलखा जिल्लामा साहित्यिक गतिविधिहरूलाई थप उर्जा प्रदान गर्ने र प्रगतिशील विचारधाराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

