उपन्यास ‘महारानी’ले यस वर्षको मदन पुरस्कार पाएको छ ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
गुठीले यसअघि मदन पुरस्कारका लागि सात पुस्तकको नाम सार्वजनिक गरेको थियो । जसमा तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी र विमल निभाको जोकरको बन्दुक रहेका थिए । उक्त सूचीमा रहेको ‘महारानी’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै, गुुठीले ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।
मदन पुरस्कारको राशि चार लाख रुपैयाँ छ । गुठीका अनुसार यी दुवै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।