टंक चौलगाईँको कृति उपन्यास उडबखाबड भोलिबाट बजारमा आउने भएको छ । उक्त कृतिलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

उबडखाबडमार्फत् चौलगाईँले एक दूरदराजको व्यक्तिले काठमाडौँका लागि सजाउने सपना र रहर, यहाँ आएर गर्नुपर्ने संघर्ष, सहरले गर्ने शोषण लगायत यावत कुरालाई आख्यानकका रुपमा हाँस्य रससहित पस्केका छन् ।

लेखक चौलगाईँ साहित्यपोस्टसँगको कुराकानीमा भन्छन्,  “धनी र गरिब बिचको फाटो बढ्दैछ । जति संघर्ष गर्दा पनि गरिब जहाँको त्यही नै हुन्छ । समाजमा असमानता व्याप्त छ । यिनै यावत असमानता नै उबडखाबड हो ।”

यसअघि चौलागाईँका जिरो कटेज, काठमाडौँ गीत र टालाटुली गरी तीन कृति प्रकाशित छन् ।

शिखाबुक्सका संचालक पुष्पराज पौडेलका अनुसार पुस्तक भोलि अर्थात् असोज ५ गतेबाट बजारमा उपलब्ध हुनेछ । २४४ पृष्ठको उबडखाबडको मुल्य ३५० तोकिएको छ ।