महोत्सवको तयारी तीव्र बनाइएको इलाम नगर साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो । साहित्य महोत्सवमा समाजका विभिन्न पक्षका विषयमा बहस हुने उहाँको भनाइ छ ।
महोत्सवमा नेपाल, भारत र बंगलादेशका ख्यातिप्राप्त चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञको उपस्थिति रहने उहाँले जानकारी दिनुभयो । दुईदिने सो महोत्सवमा २२ चरणका कार्यक्रमहरू रहेको आयोजकले जानकारी गराउनुभएको छ । सांस्कृतिक र्यालीसहित उद्घाटन, कि नोट प्रस्तुति, प्यानल डिस्कसन, कविता, गजल साँझका कार्यक्रम पनि रहेको छ ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वप्राध्यापक आनन्द कुमारले पर्यावरण र लोकतन्त्रको विषयमा कि नोट प्रस्तुत गर्ने कार्यक्रम छ । पहिलो दिन गाउँको सौन्दर्य, कला र अध्यात्म, विभेदविरुद्धका आलापहरू, कविताको भाव र प्रभाव, मुन्धुम र पर्यावरण, सामाजिक सञ्जाल कि जञ्जाल, ‘पर्या पर्यटन : अबको बाटो’ शीर्षकमा छलफल हुनेछ । साँझ नवराज पराजुलीको इलाम कविता कन्सर्ट रहने कार्यक्रम छ ।
दोस्रो दिन इलामे इलम : पेसा र पैसा, युवाः सपना र संघर्ष, डिजिटल दुनियाँमा सर्जक, प्राज्ञिक अनुसन्धानमा पहिचान, मन्द्राकान्ताः पात्र विमर्श, युद्धदेखि शब्दसम्म, जीवन फर्केर हेर्दा, इम्बोडिङ डाइभरसिटी इन साउथ एसिया थ्रु ट्रान्सलेसनका सेसन र गजल साँझ हुने बताइएको छ । अन्तिम सेसनमा गगन थापा, नारायणकाजी श्रेष्ठ, कृष्ण खनाल र गोकर्ण विष्टसँग वसन्त बस्नेतले आशा र निराशाको राजनीति शीर्षकमा छलफल गर्नुहुनेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र रेडपाण्डा नेटवर्कको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सवमा विभिन्न प्रदर्शनी, चित्रकलालगायतका कार्यक्रमहरू रहेको बताइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 








