
भद्राकुमारी घले
संविधान दिवसको अवसरमा सरकारले ९ जना साहित्यकार कलाकारलाई विभिन्न तहका मानपदवीले सम्मान गर्ने भएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार देशका ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । ती मध्ये नौ जना साहित्यकार कलाकारहरू छन् ।
विभुषण पाउनेहरूमा भद्राकुमारी घले रहेकी छन् । जसलाई सुप्रबल जनसेवा श्री तृतीय प्रदान गरिने भएकौ छ । घले साहित्य, चित्रकारिता र समाजसेवामा कहलिएको नाम हो । उनी पूर्व मन्त्रीसमेत हुन् ।
त्यसैगरी साहित्यकार रामबाबु सुवेदीलाई र बद्री विशाल पोखरेललाई सुप्रबल जनसेवा श्री तृतीय प्रदान गरिने भएको छ ।
त्यसैगरी मैथली र नेपाली साहित्यमा योगदान गरेबापत राम भरोस कापडीलाई सुप्रबल जनसेवा श्री तृतीय प्रदान गरिने भएको हो । त्रिलोचन आचार्यलाई पनि सुप्रबल जनसेवा श्री तृतीय प्रदान गरिने भएको छ ।
त्यस्तै राघवेन्द्र कुमार श्रीवास्तवलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ, अनिरुद्र पौडेललाई कीर्तिमय राष्ट्रदीप चतुर्थ, डी.बी. टुहुरोलाई जनसेवा श्री पन्चम र सूर्यबहादुर खड्का बिखर्चीलाई जनसेवा श्री पन्चम प्रदान गरिने भएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

