साहित्यकार तथा पूर्वसांसद चन्द्रप्रकाश बानियाँको कृति भौज्याहा चाँडै बजारमा आउने भएको छ । धर्म, संस्कार, समाजिक मान्यताको आलोचनात्मक विश्लेषणका आधारमा तयार गरिएको निबन्धात्म कृति भौज्याहामा बानियाँले कतिपय आफ्नै भोगाइलाई समेत समेटेका छन् ।
चालीस शीर्षकमा संग्रहित भौज्याहालाई सामाजिक, राजनैतिक, ऐतिहासिकलगायत परम्परा र संस्कारमाथि आलोचनात्मक भएर बानियाँले पुस्तकाकार दिएका छन् ।
शिखा बुक्सले प्रकाशनमा ल्याउन लागेको उक्त कृति असोजको दोस्रो साता बजार पठाइने शिखाका सञ्जालक पुष्पराज पौडेलले साहित्यपोस्टलाई बताएका छन् । पौडेलले भौज्याहासँगै प्रकाशनको तयारीमा अन्य थुप्रै पुस्तकहरु समेत रहेको बताएका छन् ।
दर्जन बढी कृति प्रकाशन गरिसकेको बनियाँको गत वर्ष प्रकाशित उपन्यास महारानीलाई शिखा बुक्सले नै बजारमा ल्याएको थियो । उक्त पुस्तक यस वर्षको मदन पुरस्कार सूचीमा समेत पर्न सफल भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।