धनकुटा । काेशी प्रदेशकै लोकप्रिय डिजिटल पत्रिका प्रदेश खबरले स्थापना दिवसको अवसरमा साहित्य विधा तर्फ प्रतिभावान् साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ उहाँको घरमै पुगेर प्रदान गरेको छ ।
फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम तय भए पनि साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सक्नुभएन । सो अवार्ड उहाँको अनुपस्थितिमा शिक्षा सेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गर्नुभएको थियो ।
आइतबार साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी गराउनुभयो । सो कार्यक्रममा पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास,नेपाल प्रेस युनियनका कोशी प्रदेश महासचिव सन्जिव वाग्ले, प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘कोशी एक्सिलेन्स अवार्ड’ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 








