
काठमाडौं । नेपाली साहित्यमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई माउन्ट ग्लोरी इन्टरनेशनल बोर्डिङ हाई स्कुल, बसुन्धरा, काठमाडौंले सम्मान गरेको छ। स्कुलको वार्षिक अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्य सिर्जना र संस्थागत योगदानको लागि लेकालीलाई यो सम्मान प्रदान गरिएको हो।
सम्मान पूर्व राजदूत एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले प्रदान गर्नुभएको थियो। राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्कुलका प्रमुख गणेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।
लेकालीलाई प्रदान गरिएको सम्मानले उहाँको साहित्यिक यात्रा र योगदानको कदर गरिएको छ। कार्यक्रममा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, लात्भियाका लागि अबैतनिक वाणिज्यदूत करण वैद्य, डा. गरिमा श्रेष्ठ, समाजसेवी लक्ष्मी शर्मा, सर्जक जीवन श्रेष्ठ तथा विभिन्न स्कुलका प्रमुख लगायत अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीमा चालिसे र आलोकलाई पुरस्कृत गरिने
