जीवन लामा
दोलखा । चरिकोटमा कलम चौतारी नामक पुस्तक विमोचन गरिएको छ ।

दोलखाको साहित्य, पत्रकारिता र राजनीतिको बारेमा पत्रकार, नेता, सर्जकहरुको विचारमूलक पुस्तक पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले विमोचन गर्नुभएको थियो । २०६८ सालमा प्रकाशन गरेको कलम चौतारी १३ वर्षपछि दोस्रो अंक प्रकाशनमा ल्याएको हो । अहिलेको डिजिटल प्रविधिमा पनि पुस्तकप्रतिको मोह बढाउन र दस्तावेजीकरण गर्न सजिलो हुने भएकाले दोस्रो अंक प्रकाशनमा ल्याएको प्रेस चौतारीको अध्यक्ष प्रभु जिरेलले बताउनुभयो ।

पुस्तक प्रकाशन प्रेस चौतारी दोलखाले गरेको हो भने तारा बहादुर महत, प्रभु जिरेल र लक्ष्मण थामी लगायतले सम्पादन गर्नुभएको हो ।

पछिल्लो समय दोलखामा विभिन्न साहित्यिक संस्थाहरुद्धारा वर्षमा एक दुई वटा पुस्तक बाहेक अन्य प्रकाशनमा कमि आएको छ । पठन संस्कृतिको विकास नहुनु र पुस्तक पसल, पुस्तकालयको समेत कमि रहेको साहित्यकार चिरञ्जीवी मास्केले जानकारी दिनुभयो ।