
काठमाडौं । नियात्रा समाज नेपालले २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ तेजप्रकाश श्रेष्ठको नियात्राकृति ‘ग्वंगचुलीको हिउँ’लाई प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जुल नेपालले नगद राशि २५ हजारसहित साहित्यकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार प्रदान गर्दै मञ्जुलले नियात्रा साहित्यको उन्नयनका लागि समाजले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार श्रेष्ठले पुरस्कारले थप काम गर्न उर्जा मिलेको बताउनुभयो । समाजका पूर्वअध्यक्ष प्रतीक ढकालले पुरस्कार स्थापनाको सन्दर्भ सम्झना गर्दै यसअघि नियात्राकारहरू भीष्म उप्रेती, डा. दामोदर पुडासैनी ‘किशोर’, इल्या भट्टराईका कृति पुरस्कृत भइसकेको जानकारी दिनुभयो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
कार्तिक २, बुधबार १२:०७