
अमेरिका । आप्रवासी नेपाली गीतकार सङ्घको पहिलो वार्षिक सम्मेलन सम्पन्न भएको छ।
अमेरिकामा रहेका आप्रवासी नेपाली गीतकारहरूको संस्थाले नेपाली गीतसंगीत क्षेत्रका दिग्गज कलाकारहरूलाई सम्मान गर्नुका साथै संघको भावी कार्ययोजना समेत तय गरेको थियो।
यस वर्षको ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ बाट गीतकार तथा अभिनेता नीर शाहलाई सम्मान गरेको छ । संघका अध्यक्ष हरि उप्रेतीले दोसल्ला ओढाई शाहलाई १ हजार १ डलर र सम्मानपत्र प्रदान गर्दै उहाँको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “शाहज्यूको नेपाली गीत संगीतमा पुर्याएको योगदान अतुलनीय छ। उहाँलाई सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
शाहसँगै गीतकार तथा संगीतकर्मी गङ्गाराम लामिटारे, प्रताप सुब्बा, भूषण खरेल, डा. दामोदर पौडेल र मुकेश सिंहलाई पनि उहाँहरूको साहित्य र संगीतमा पुर्याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको थियो।
गायक तथा संगीतकार मनोज राईको अध्यक्षतामा सम्पन्न साधारण सभाले संघको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, भविष्यका कार्ययोजना तथा ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’लाई अनुमोदन गरेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

