
फेब्रुअरीको शुरुवातसँगै पोयट्री अनप्लग्डले लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताको कोसेली पस्कने भएको छ । कार्यक्रमको साहित्य पार्टनरका रूपमा साहित्यपोस्ट रहेको छ ।
पोयट आइडल, कृपा अनप्लग्ड र रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसक्नुभएको अमनप्रताप अधिकारीको निर्देशनमा बनेको हो । लालटिन पोयट्री सेसनभित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना अधिकारी, विजय लुइटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरू प्रस्तुत गर्नुहुनेछ ।
आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युव च्यानल पोयट्री अनप्लग्ड नेपालमा कवि विप्लव प्रतीकको कविता ‘अन्तिम भेट’ सार्वजनिक गर्दै फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरिसकेको छ ।
किबोर्डिस्ट सिम्सन प्रधानको पार्शव संगीतले सजिएका प्रेमील कवितालाई श्रोता सामु प्रस्तुत गर्नका लागि टाइटल स्पन्सरका रुपमा नेपाल कलेज अफ म्यानेजमेन्ट , सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएको छ, भने प्रमुख स्पन्सरका रुपमा अस्ट्रेलिया स्थित ब्लिस मस्म र लेवा ‘अन्लाइन इङ्लिस लर्निङ प्लाटफर्म’ जोडिएको छ ।
मिडिया पार्टनरका रूपमा देशसञ्चार र अनलाइन पार्टनरका रूपमा मिम नेपालले समेत पोयट्री अनप्लग्डको यात्रालाई सघाइरहेको छ ।
कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” हेर्नका लागि तलको लिङ्कमा जानुहोलाः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

