स्याङ्जा । आनन्द आश्रम ज्ञान केन्द्र स्याङ्जाको आयोजनामा साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।
आनन्द भवनको ‘टुल्की नन्दकला सभा कक्ष’मा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष दीप्तिनारायण शर्माले गर्नुभएको थियो । संस्थाका सदस्य इन्द्रमणि ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि‚ प्रगतिशील लेखक सङ्घ स्याङ्जाका जिल्ला समिति अध्यक्ष अनन्त अर्याल हुनुहुन्थ्यो ।अर्यालले भन्नुभयो ”साहित्यले मानिसलाई सिर्जनशिल बनाउँछ, गाउँमा बसेर ग्रामीण जनताको साहित्यको उत्थान गर्नु हामी सबैको कर्तव्य हो ।” संस्थाका सल्लाहकार तथा शिक्षाविद् टिकाराम ढकालले पण्डित आनन्दमणिले आधा शताब्दीसम्म गुरुकुल सञ्चालन गरेर दशौं हजार विद्यार्थीलाई विद्वान् बनाएको सुकर्मको सम्मान गर्दै संस्थाको गठन भएको र ”व्यक्ति व्यक्ति सिर्जनाकार, घर घर साहित्यकार” लक्ष्यका साथ साहित्यिक तथा वैचारिक गोष्ठीहरू नियमित रूपमा सञ्चालित भइरहेको कुरा बताउनुभयो ।

कार्यक्रममा सबिन जिटी‚ सूर्य जिटी‚ सिखा सुनार‚ शर्मिला बस्याल‚ हिमालाल पुरी‚ इन्द्रमणि ढकाल‚ चक्रबहादुर पराजुलीले शुभकामना मन्तव्यका साथ सुन्दर कविताहरू सुनाउनु भएको थियो । दोलराज ढकाल र संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालले लघुकथाका साथ मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो